FAQs Complain Problems

पालिकाको संक्षि्प्त विवरण

जगदुल्ला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको काईगाउँ र रिमि गाविसहरु पर्दछन् । यस गाउँपालिकालाई हाल ६ वटा वडामा विभाजन गरिएको छ जस मध्ये काईगाउँलाई तिन(१,२,३) र रिमिलाई तिन(४,५,६) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय माझगाउँमा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकामा २५७५ जनसंख्या रहेको छ जस मध्ये १२६० पुरुष र १३१५ महिला रहेका छन्  भने जम्मा घरधुरी संख्या ६०१ रहेको छ। यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल १८३ वर्ग कि.मी. (राष्ट्रिय निकुञ्जको क्षत्रफल बाहेक) रहेको छ ।